नमो बौद्द गुम्बा सहयोगार्थ २०७५ साल माघ १९ गते शनिबारका दिन नेपाल तामाङ घेदुङ नगर कार्यसमिति विर्तामोडको आयोजनामा २८५५ फाग-लो बदेल-वर्ष सोनाम ल्होछारको पूर्व सन्ध्यामा विभिन्न साँस्कृतिक कार्यक्रमका बीच भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ का माननीय सांसद एकराज कार्की ज्यूले उत्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नं. १ का प्रमुख मित्रसेन योञ्जन विशेष अतिथि रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा विर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाई, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष काजिमान घिसिङ, तमु ह्युल छों धी राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य तथा साना सहरी खानेपानी विर्तामोडका अध्यक्ष जलकुमार गुरुङ, वि.न.पा. वडा नं. ४ का अध्यक्ष कुल प्रसाद संग्रौला, नेपाल तामाङ घेदुङ प्रदेश सल्लाहकार प्रेमराज घिसिङ त्यस्तै अतिथिहरुमा नेपाल तामाङ घेदुङ प्रदेश सदस्यहरु पदम बहादुर तामाङ (देवराज) र रेख बहादुर घिसिङ, नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रिय सदस्य चन्द्र ग्याबक (मुस्कान), नेपाल तामाङ विद्यार्थी घेदुङ झापा जिल्ला उपाध्यक्ष चन्दा मोक्तान तथा विभिन्न जातिय संस्थाका अध्यक्ष लगायत अन्य विभिन्न नगरका नेपाल तामाङ घेदुङका नगर कार्यसमिति अध्यक्षहरु, नेपाल तामाङ घेदुङ विर्तामोड नगरपालिकाका वडा कार्यसमितिका वडाअध्यक्षहरु, विभिन्न क्षेत्रबाट समाजसेवी, बुद्दिजीवि लगायतको आतिथ्यता रहेको थियो भने नेपाल तामाङ घेदुङ विर्तामोड नगर कार्यसमितिका अध्यक्ष तथा २८५५ औं सोनाम ल्होछार कार्यक्रम संयोजक हस्त बहादुर लुङ्बा तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

नमो बौद्द गुम्बाका अध्यक्ष कर्मसिंह घिसिङले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्घेश्य साथै नमो बौद्द गुम्बाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको प्रायोजन नमुना प्रिन्टर्स प्रा.लि., मञ्जुश्री ट्रेडर्स तथा नमो मञ्जुश्री बौद्द पुजा सेन्टरले गरेको थियो । कार्यक्रमको सञ्चालन नगर घेदुङका सचिव सुर्यमान पाख्रिनले गर्नुभएको थियो ।

फोटो फिचर: