बिर्तामोड, असार १४ । झापाको बिर्तामोड नगरपालिका ५ मा रहेको सृजनशिल एकता बाल क्लबको आयोजनामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको पर्यटकीय क्षेत्र बिराटपोखरको परिसरमा १७० वटा बिरुवा रोपिएको हो।जिल्ला बन कार्यलयले उपलब्ध गराएको ६ प्रजातिको बिरुवा रोपिएको क्लबका अध्यक्ष मनिस न्यौपानेले बताए ।

बिर्तामोड नगरपालिका उप-प्रमुख पबित्रा महतरा प्रसाइले वृक्षारोपण गर्दै उद्घाटन गरेको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्र लिङदेनले बालबालिकालाई रचनात्मक कार्यमा सकृय बनाएर अगाडि बड्ने बताए। उप- प्रमुख प्रसाइले एक बालक एक रुखको अवधारणा लाई आत्मसात गर्दै समृद्ध समाज निर्माणमा लाग्न आग्रह गर्दै बालबालिका लाई रचनात्मक बनाउन नगरपालिका सधै साथमा रहने बताइन ।

बिर्तामोडका उज्यालो मनकामना ,उज्यालो दुर्गा, आदर्श, महेन्द्र रत्न, अक्फोड एकाडेमी, वातावरण संरक्षण मन्च ,दुर्गा बाल क्लब लगाएत ७ बटा बाल क्लबको सहभागीता रहेको थियो। कार्यक्रमका संयोजक सरोज पौडेलले प्रकाश तथा स्वागत रहेको कार्यक्रम सचिब श्रेया ढुंगानाले सन्चालन तथा अध्यक्षता क्लबका अध्यक्ष मनिस न्यौपानेले गरेका थिए।कार्यक्रममा वडा सदस्य डि आर कडरिया, भावना घिमिरे, लक्ष्मी बास्कोटा, बिराटपोखर व्यवस्थापन समिती अध्यक्ष इन्द्र प्रसाईं, अभिभावक केशव मैनाली ,केशव ढुंगाना लगाएतको उपस्थिति रहेको थियो।