काठमाडौं ।गोविन्द राई र अनु चौधरीको स्वरमा रहेको गीत ‘के यो माया हो…’ सार्वजनिक भएको छ । चिरन्जिबी अधिकारीको शब्द र दीपक राज बिश्वकर्माको एरेन्ज तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान घिमिरेले निर्देशन गरेको गीतको भिडियोमा स्रिष्टि खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । प्रमोद कुमार भण्डारीको कोरियोग्राफी रहेको भिडियोमा बुद्द थापाको छायाँकन, शुरेस काफ्लेको ड्रोन, मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ । मुस्ताङका विभिन्न रमणीय दृश्य कैद गरिएको छ गीतको भिडियोमा ।