काठमाडौं । भारत सरकारले पाम तेल आयात गर्नका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।भारतले गरेको यो व्यवस्थासँगै नेपालसहित भारतमा पाम तेल निर्यात गर्दै आइरहेका मुलुकका लागि सहज हुने देखिएको छ ।

यसअघि भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।त्यसको प्रत्यक्ष असर नेपाली व्यवसायीमा पनि परेको थियो ।

भारतको वैदेशिक व्यापार महानिर्देशकको कार्यालयले  पाम तेल आयातका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।

लाइसेन्स लिने व्यक्ति वा संस्थाले जहाँबाट पनि अब सहज रुपमा पाम तेल किन्न सक्नेछन् ।नेपालको वाणिज्य मन्त्रालयले स्रोतले बाह्रखरीसँग कुरा गर्दै अब नेपाली व्यवसायीका लागि पनि सहज हुने बताए ।

“नेपालबाट हुने पामतेल निर्यात सहज हुनेछ,” अधिकारीले भने, “नेपाललाई सहज अवस्था सिर्जना हुन्छ । भारतले हामीलाई जानकारी गराइरहनुपर्दैन । भारतमा लाइसेन्स लिनेले जहाँबाट पनि आयात गर्न पाउँछन् ।”