इलाम । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस क्याम्पस इकाइ कमिटीको आयोजनामा २५ औ जनयुद्ध दिवस विशेष कार्यक्रम एंव स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिले रञ्जित तामाङले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जुनसुकै मुल्यमा हुनुपर्ने बताउँदै क्याम्पस प्रमुखले चुनाव नगराउने र ठेकेदार, कुण्डले, मुण्डलेहरुलाई भरणपोषण गरी आर्थिक कुराहरुको दोहन गर्न छाड्नु पर्ने बताउनु भयो। त्यस्तै विद्यार्थीबाट विद्यार्थी कल्याणको लागि संकलन गरिएको रकम समेत विद्यार्थीको तालिम लगायत विद्यार्थीको हितमा खर्च हुनपर्नेमा विगतमा विल, भरपाई बनाइ सक्ने प्रचलन बढेकोले यसको अन्त्य गर्न स्ववियु निर्वाचन अपरिहार्य रहेको बताउनु भयो ।

त्यस्तै विशेष अतिथि वासिम आलमले नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको चुनावबाट पटक–पटक भाग्न विभिन्न बाहानाबाजी गरीरहेको र यसपटक विजय कुमार गच्छदार र भष्ट्रचारीहरुलाइ उन्मुक्ती दिने अभियानको बाहानामा भागेको बताउनु भयो।

अनेरास्ववियू मरब क्याम्पस अध्यक्ष दर्शन राईले विद्यार्थीको आन्दोलन विद्यार्थीको मागहरुलाई लिएर गरिएको बताउनु भयो । आन्दोलनले विगतमा भएको सहमतिहरु कार्यन्वयन हुने मुर्त सहमती गराउन सफल भएकोले माघ २९ गतेदेखि क्याम्पसमा लगाइएको ताला खुलेको बताउनु भयो ।

मुख्य रुपमा रोकिएको विद्युतिय हाजिरी निरन्तर गर्ने, प्रोजेक्टरको माध्यमबाट कक्षाहरु सञ्चालन गर्ने, बार्षिक रुपमा आय–व्यय सार्वजनिक गर्ने, वार्षिक शैक्षिक क्यालेण्डर निर्माण र कार्यन्वयन गर्ने, शिक्षा, मानविकि, व्यवस्थापन संकायका विपन्न, कमजोर विद्यार्थीहरुको लागि आतिरिक्त कक्षा संञ्चालनको लागि वार्षिक रुपमा हुने भन्दै फ्रिज हुदै आएको रकमलाई यो वर्षबाट कक्षा सञ्चालन गरी कार्यन्वयनमा ल्याइने, बागवानी संकायको लोक सेवा र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समय घण्टा पुगेको पाँचै विषयहरु –माटो विज्ञान (soil science), बाली विज्ञान (Agronomy) ,बाली संरक्षण (Plant protection), कृषि प्रसार (Agriculture extention) लाई मान्यता दिन विशेष कार्यदल बनाई तीन महिनाभित्र निष्कर्षमा पुग्ने, नयाँ विषय पठन–पाठनको लागि अध्ययन कार्यदल बनाइ काम सुरु गर्ने लगायत सहमती भएको छ ।

विद्यार्थी आन्दोलन बलमा कक्षाहरु नियमित सञ्चालन गर्ने जस्ता महत्वपूर्ण १८ बुँदे मागपत्र सम्बोधन हुने मुर्त प्रस्ताव आएकाले आन्दोलनमा सहयोग पुर्याउने सबैमा क्याम्पस सचिव विशाल कार्कीले धन्यवाद व्यक्त गर्नुभयो।


अनेरास्ववियू क्याम्पस कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सह-संयोजक रञ्जित तामाङ प्रमुख आतिथ्यता रहेको थियो भने अनेरास्ववियू केन्द्रिय नेता एवंम् निवर्तमान सचिव वासिम आलम विशेष आतिथ्यता रहेको थियो। त्यसैगरी केन्द्रिय निर्वाचन आयोग सदस्य एवंम् निवर्तमान इलाम जिल्ला अध्यक्ष इश्वरी तामाङ, केन्द्रिय सदस्य शन्धिभक्त शंकर लगायतको आतिथ्यता रहेको कार्यक्रम क्याम्पस इकाई अध्यक्ष दर्शन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।