निजामती दिवसमा कमल गाउँपालिकामा सय थान विरुवा रोपियो
कमल,भदौ २३ । झापाको कमल गाउँपालिकाले फलफुलका विरुवा रोपेर १७ औं निजामती सेवा दिवस मनाएको छ ।
गाउँपालिकाको कार्यलय परिसरमा आँप, लिच्ची, अम्बा र मेवा गरी एक सय थान बिरूवा रोपिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
देशभर १७ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा कमल गाउँपालिकाले भने विभिन्न जातका फलफुलका बिरुवा रोपेर निजामती सेवा दिवस मनाएको गाउँपालिकाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्।