काठमाडौँ,कार्तिक ०२। एनसेलले महिलाका लागि ‘अघि बढौं’ भन्ने नारासहित ‘गो सिम’ ल्याएको छ ।

यो सिममा आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपत्कालीन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम अनि एमएमएस सेवा लिन पाइने र निश्चित नम्बरमा नि:शुल्क कल सेवा उपलब्ध रहेको एनसेलले जनाएको छ ।

गो सिम खरिदसँगै ग्राहकलाई २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २ सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस उपलब्ध हुने एनसेलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।