भद्रपुर , कार्तिक ०५। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सन सहित झापाका निजी विद्यालय सञ्चालक बिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ ।

उजुरी समितिका संयोजक राजु वरालको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद आचार्यलाई उजुरी पत्र बुझाएको थियो ।

प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय सञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरित शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अश्विकार गरेपछि इस्टु झापाको उजुरी समितिले कारवाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका झापाका अधिकन्स विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले प्रचलित नियम कानुनलाई समेत चुनौति दिने गरी व्यवहार प्रस्तुत गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।