बुटवल,कार्तिक १७। राजसंस्था पुनःस्थापनको माग गर्दै सोमवार बुटवलमा बृहत् र्‍याली गरिएको छ ।

वीर गोर्खाली अभियानले देश र श्रीपेचको रक्षाकोे लागि भन्दै रूपन्देहीमा बृहत् मोटरसाइकल र्‍याली गरेको हो ।

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्‍याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकमा पुगेको थियो । 

र्‍यालीमा करीब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । राजसंस्था र हिन्दू राष्ट्र स्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत रुपन्देहीमा र्‍याली गरिएको अभियान्ता सन्तोष राजावादी बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्।