काठमाडौँ,कार्तिक १८। आगामी कार्तिक २० गतेदेखि २४ गतेसम्म युवा उद्यमी कन्क्लेभ आयोजना हुने भएको छ । भर्चुअल माध्यमबाट ५ दिने ‘योङ आन्ट्रप्रनेर्स कन्क्लेभ २०२०’ आयोजना हुने भएको हो । 

संवृद्धि स्कुल र विशाल फाउन्डेसनको सहकार्यमा अनलाइनबाटै युवा उद्यमी कन्क्लेभ आयोजना गरिएको हो । यस कन्क्लेभमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र पूर्व सचिव तथा अर्थमन्त्री शंकर प्रसाद कोइरालाको सहभागी रहने छ । 

त्यस्तै कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रवन्ध निर्देशक हेमराज ढकाल, अन्तराष्ट्रिय टेडएक्स स्पीकर तथा कर्पोरेट ट्रेनर मानसी अग्रवाल र कामना सेवा विकास बैंकका अध्यक्ष तथा डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यको सहभागी रहने छ । 

नबिल बैंकका डेपुटी जनरल म्यानेजर सीए मनोज ज्ञवाली, स्कील ल्याबका संस्थापक तथा निर्देशक नन्द किशोर मन्डल तथा दराज नेपालका पुर्व प्रवन्ध निर्देशक राजिव मेहताको पनि सहभागी रहने छ । 

५ दिन ५ फरक फरक थिममा उद्यमशीलता शिक्षा सम्बन्धि कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । भर्चुअल रुपमा कार्यक्रम सहभागी हुन् यहाँ क्लिक गरी फाराम भर्नुहोस् ।

कन्क्लेभको समय दिउँसो साढे १ बजेदेखि साढे ४ जबजेसम्म रहेको छ । कार्यक्रममा १ हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्।