झापा,मंसिर ०५ । पछिल्लो २४ घण्टामा ५ हजार ३६४ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ५ हजार ३६४ संक्रमित निको भएका हुन् ।

यो सँगै नेपालमा कोरोना जित्नेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ छ । 

तथ्यांक अनुसार सरकारले हालसम्म १६ लाख ४३ हजार ८९९ पीसीआर परीक्षण गरेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्।