दमक , मंसिर ६ । गौहत्याको आरोपमा दमक प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको अवस्थामा हिजो बेलुका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक ७ का २० वर्षिय बब्लु अली , सोही ठाउँका ४२ वर्षिय ढकराज रामदाम , २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदी रहेका छन् । उनीहरुले बिहीबार बेलुका नै बाछो काटेका थिए ।

बाछो काटेर केही मासु खाइसकेर केही मासु घरमा लुकाईराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

उनीहरुबाट १० केजी मासु बरामद भएको छ । इलाका प्रहरी कार्यालय दमकमा राखिएका उनीहरुमाथि गौहत्याको आरोपमा कार्वाही चलाइने प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए । प्रतिदिनबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।