बुद्दशान्ति, मंसिर ०६। झापाको बुद्धशान्ति ३ पुलचौक निवासी वकिल मगरले आर्थिक सहयोग गरिदिन याचना गरेका छन् । विगत केही समय अघिदेखि गिजाको रोगबाट ग्रस्त भई उपचार गराई रहँदा भरतपुर क्यान्सर अस्पतालबाट क्यान्सर भएको पत्ता लागेपछि ६ महिना अघिबाट उनी आर्थिक अभावकै कारण उपचार नै नगराई घरमै बसिरहेका छन् ।

आफै श्रम गरी परिवार पाल्दै आएका उनको श्रीमती पनि अस्वस्थ छिन् । आर्थिक अभावले उपचार नपाई छट्पटाई रहेका उनले आफूलाई सहयोग गरिदिन स्थानीय सरकार, संघ–संस्था, गाउँ, समाज, छरछिमेक, देश तथा विदेशमा रहनु हुने सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा अपील गरेका छन् ।
इच्छुक मनहरुले सहयोगको लागि निम्न मोबाईल नं. ९८१७०५२१५३ र ९८०४९७५५५१ मा सम्पर्क गरिदिनुहुन समेत उनले आग्रह गरेका छन्। .

तपाइको प्रतिक्रिया दिनुहोस्।