झापा,मंसिर ०६। झापा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रु्व शिवाकोटीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरप्रमुख शिवाकोटीमा कोरोना पुष्टि संक्रमण भएको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्वाव दिएर होमआइसोलेशनमा बसेका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको खड्काले जानकारी दिए । नगर प्रमुखको श्रीमतीलाई यसअघि कोरोना पुष्टि भएको थियो ।

फोटो : सुर्योदयबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।