इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै  टोटनहम हट्सपर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा टोटनहमले सिटीलाई २–० को गोल अन्तरले पराजित गरेको हो। शीर्ष स्थानमा उक्लिएको टोटनहमको ९ खेलबाट ६ मा जित, २ बराबरी र १ हारसहित २० अंक जोडेको छ। पराजित सिटी भने ८ खेलबाट १२ अंक जोड्दै दशौं स्थानमा छ।

टोटेनहमको जितमा ह्युङ मिन सन र जिओभानी लो सेल्सोले १–१ गोल गरे। खेलको पाँचौ मिनेटमा नै टोटेनहमले सनको गोलमा अग्रता लिएको थियो। ६५ औं मिनेटमा लो सेल्सोले अग्रता दोब्बर पारे।

गएराति नै भएको खेलमा चेल्सीले न्युक्यासललाई २–० ले पराजित गरेको छ। ९ खेलबाट १८ अंक जोडेको चेल्सी अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। ब्राईटनले एस्टन भिल्लालाई २–१ ले तथा म्यानेचष्टर युनाइटेडले वेष्ट ब्रोमविच एल्बियनलाई १–० ले पाखा लगायो।

तपाइको प्रतिक्रिया दिनुहोस्।