झापा,मंसिर ०७। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ ।  झापा बाहुनडाँगी–४ मेचीनगरका ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएराती १ बजे प्रतिष्ठानकाे कोभिड अस्पतालमा मृत्यु भएको हो । 

प्रतिष्ठानको सुचना केन्द्रले दिएको जानकारी अनुसार उनलाई मंसिर १ गते कोरोना पुष्टि भएको थियो । उनलाई ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

योसँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।