काठमाडौँ,मंसिर ११। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्नुपर्ने बताएकी छन् ।

बिहीबार महासंघको ५४ औं साधारणसभामा आफ्नो धारणा राख्दै अध्यक्ष राणाले कोरोनाले थला परेको नेपालको अर्थतन्त्र अगाडि बढाउन छिटो एमसीसी पास गर्नुपर्ने बताएकी हुन् ।

उनले एमसीसीले जलविद्युतको क्षेत्रमा सकारात्मक भूमिका खेल्ने भन्दै छिट्टै सदनबाट पास गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानआकर्षण गराएकी हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसीका विषयमा फरक मत आइरहेका बेला अध्यक्ष राणाको यस्तो प्रस्ताव आएको हो । स्वयं प्रधानमन्त्री ओली पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।