गुल्मी,मंसिर १२। गुल्मीको इश्मामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । 

आज बिहान इस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल खस्दा १ महिला र ४ पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा इस्मा ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अक्षामी र ८० वर्षीय सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा परेर इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।