काठमाडौँ,मंसिर १२ । प्रसिद्ध मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको निधन भएको छ ।

कोभिड–१९ को संक्रमणको कारण ६४ वर्षीय अर्यालको निधन भएको हो । विगत केही दिनदेखि उनको त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

कोरोना संक्रमणका कारण अर्यालको फोक्सोमा गम्भीर क्षति पुगेको चिकित्सकहरुले जानकारी दिएका थिए ।

अर्यालका निधनले नेपालको मार्क्सवादी आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।

यसबीच दिवंगत अर्यालका श्रीमती विमला अर्याललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । हाल उनको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । परिवार निकट स्रोतले जानकारी दिएअनुसार उनको अवस्था सामान्य रहेको छ ।

अर्यालसँगै कोरोना संक्रमित भई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका  प्रसिद्ध भौतिकशास्त्री प्रा.डा. मुकुन्दमणि अर्याल भने संक्रमणमुक्त भएका छन्। हाल उनी अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्।