रुकुम,मंसिर १३। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका आठबीसकोट नगरपालिका-८ का लालबहादुर नेपालीको बिहान ज्यान गएको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–८, का कलिभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको हिजो बेलुका ज्यान गएको थियो ।

आठबीसकोट नगरपालिका ८ दाजेबाट जन्ती लिएर घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जीप हिजो बेलुका दाजेमा दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।