झापा,मंसिर १३। नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा ६, भोजपुरमा ३, मोरङमा ४१, संखुवासभामा १ र सुनसरीमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यसैगरी प्रदेश २ को धुनषामा ११, पर्सामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ६ र सिरहामा ९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १ सय २४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय १८, गोरखामा १३, तनहुँमा २२, नवलपरासी पूर्वमा १, पर्वतमा २, मुस्ताङमा २, म्याग्दीमा ३, लमजुङमा २४ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नलवपरासीमा १७, पाल्पामा १५, प्यूठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रोल्पामा १ र रुपन्देहीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४ र डडेल्धरामा ४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

थप १९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

थप ५१५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्।