२० भारतीय सैनिकको हत्यापछि एशियाका दुई छिमेकी मुलुकबीच तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायको ध्यानयसतर्फतानिएको छ

आणविक शक्तिसम्पन्न एशियाका दुई छिमेकी मुलुकहरु चीन र भारत यतिखेर ठूलो कुटनीतिक र सैन्य तनावमा छ । यो स्थिति विगत चालीस वर्षपछि हिंस्रक सीमा झड्पपछि पैदा भएको हो ।

चीन र भारतबीच विवादित लद्दाख क्षेत्रको गलवान उपत्यकामा, हिमाली क्षेत्रको वास्तविक नियन्त्रण रेखा ९ीष्लभ या ब्अतगब िऋयलतचय ि९ीब्ऋ०० मा जुन १५ मा भएको उक्त घटनामा २० भारतीय सैनिकहरुको निधन भएको थियो । चीनले आफ्नो तर्फ भएको हताहतीको औपचारिक घोषणा गरेको छैन ।

गत मे महिनाको शुरुवातदेखि नै उक्त क्षेत्रको करिब ३५०० किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा क्षेत्रका विभिन्न भागहरुमा भारत–चीनका सैनिकहरु आमने सामने भएका छन् । त्यसमध्ये धेरै भागहरु अझै चिन्हित भइसकेका छैनन् ।

संसारकै सबैभन्दा धेरै जनसंखया भएका यी दुई देशबीच बढ्दै गइरहेको तनावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ, संयुक्त राष्ट्रसंघले त दुवै पक्षलाई ‘अधिकतम संयमता अपनाउन’ अपील नै गरेको छ ।

चीन–भारतबीच कतै युद्ध नै त छेडिने होइन भन्ने भयावह प्रश्नलाई जन्म दिएको उक्त विवादबारे जान्नै पर्ने पाँच तथ्यहरु यस प्रकार छन् स्

जुन १५ मा के भएको थियो ?

जुन १५ को झडप चिनियाँ पक्षले निर्माण गरेको दुई वटा टेन्ट र अवलोकन टावरहरुलाई लिएर भएको थियो । भारतीय पक्षका अनुसार ती टेन्ट र टावरहरु वास्तविक नियन्त्रण रेखाको भारतीय क्षेत्रमा निर्माण भएको थियो ।

‘तनावलाई मत्थर पार्दै जाने भनी सैनिक अधिकारहिरुबीच जुन ६ मा सहमति हुँदा हुँदै पनि चिनियाँ सैनिकहरुले गलवान उपतयकामा अस्थायी ‘संरचना’हरु निर्माण गर्न रेखालाई पार गरे,’ चीनका वरिष्ठ कुटनीतिज्ञ वाङ यीसँगको फोन कुराकानीमा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले भने ।

भारतीय गस्ती सैनिकहरु चिनियाँहरुले दावी गरेको नियन्त्रण रेखाको क्षेत्रबाट फिर्ता गएको जाँच्न गएपछि समस्या शुरु भएको रोयटर न्यूज एजेन्सीले दुई सरकारका स्रोतहरुको हवाला दिँदै जनाएको छ ।

उक्त क्षेत्रबाट चिनियाँ सैनिकहरु छाड्दै गइरहेका थिए । स्रोतका अनुसार, त्यहाँ चिनियाँ सैनिकहरुले दुईवटा टेन्ट र सानो निरीक्षण पोष्टहरु छाडेका थिए, जसलाई भारतीय पक्षले भत्काइदिए ।

चिनियाँ सैनिकहरुको एउटा ठूलो समुह आएर त्यस कुराको प्रतिवाद गर्यो । त्यसपछि के भयो, त्यो प्रष्ट छैन, तर दुवै पक्ष भीडनतमा उत्रियो । चिनियाँ सैनिकहरुले फलामे छड, तार बेरिएको लठ्ठीले हिर्काएको दावी गरएको छ । त्यस झडपमा परी २० जना भारतीय सैनिक मारिए, दर्जनौं घाइते भए ।

हतियारको प्रयोगबिना नै भएको उक्त भीडन्तमा आफ्नो पक्षतर्फ भएको हताहतीबारे चीनले अझै केही बताएको छैन ।

गत आइतबार, भारतका सडक र यातायातसम्बन्धी संघीय मन्त्री भीके सिंह र पूर्व प्रधान सेनापतिले उक्त भिडन्तमा ४० जना चिनियाँ सैनिकहरु मारिएको दावी गरेका थिए तर उनीहरुले त्यससम्बनधी कुनै प्रमाण चाहिँ दिएका थिएनन् ।

चीनको राज्यनियन्त्रित ग्लोबल टाइम्सले चीनको तर्फ पनि हताहती भएको जनाएको छ तर विस्तृत जानकारी दिएको छैन ।

किन भयो भीडन्त ?

सन् १९७५ पछि त्यसरी हिंस्रक भीडन्त हुनुका पछाडि विज्ञहरु दुईटा कारण बताउँछन् ।

केही विज्ञहरुका अनुसार उक्त भीडन्त हुनुको मुख्य कारण गत वर्ष भारतले गरेको संविधानको धारा ३७० को खारेजीसँग सम्बन्धित छ । उक्त धाराले पूर्व जम्मु कश्मिर राज्य र विवादित लद्दाख क्षेत्रमा समेत स्वायत्तताको प्रत्याभूत गरेको थियो ।

पाकिस्तानले सरह नै चीनले पनि भारतको उक्त कदमलाई आफ्नो क्षेत्रमा एकतर्फी रुपमा गरेको असरको रुपमा लिएको थियो र गत वर्ष राष्ट्रसंघको सुरक्षा परिषद्मा त्यस कदमको कडा विरोध गरेको थियो ।

विश्लेषकहरुका विचारमा अहिलेको झडपको अर्को कारण चाहिँ सीमा क्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको संरचनाहरुको विरुद्धमा चिनियाँ प्रतिरोधको नतिजा पनि हो ।

भारतले गत वर्ष मात्रै वास्तविक सीमा रेखासँगै निर्माण गरिएको २५५ किलोमिट लामो क्जथयप(म्बगबित द्यभन इमिष्भ ९म्क्म्द्यइ० सडकको उद्घाटन गरेको थियो । भारतको त्यस कदमलाई यस क्षेत्रमा आफ्नो स्वार्थ माथिको खतरा भन्दै चीनले आपत्ति जनाएको थियो ।

चीनको पाकिस्तान र मध्य एशिया जाने आर्थिक मार्ग काराकोरम भएर जान्छ, जुन क्षेत्र गत जुन १५ मा हिंसात्मक भीडन्त भएको गालवान उपत्यकाको नजिक पर्छ । गालवान उपत्यका चीनको नियन्त्रणमा रहेको तर भारतले आफ्नो हो भनी दावी गर्दै आएको अक्साइ चीन प्लेटुको नजिक पर्छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर ह्याप्पीमोन जाकोबका अनुसार ‘चीनले लद्दाख क्षेत्रलाई मध्य एशियामा आफ्नो पहुँच बनाउन र आफूले करिब ६० अरब अमेरिकी डलर लगानी गरेको पाकिस्तानसँगको ऋएभ्ऋ परियोजनाको लागि लद्दाख क्षत्रलाई अत्यन्तै महत्त्वपूर्ण मान्ने गर्छ ।’

दुवै पक्षले के दावी गरिरहेका छन् ?

चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले उक्त घटनाका बारेमा आफू ठोस रुपमा जानकार नरहेको बताउँदै ‘जुन ६ मा भएको सेना फिर्ता बोलाउने सम्झौतालाई उल्लंघन गर्दै पछिल्ला दिनमा भारतीय सेनाले थुप्रै ठाउँहरुमा चिनियाँ सीमा नाघेको’ बताए ।

त्यसलाई ‘नयाँ दिल्लीको तर्फबाट नियोजित रुपमा भएको उक्साउने घटना’को संज्ञा दिँदै झाओले भनेका छन्, ‘सही वा गलत।।। त्यो प्रष्टै छ र त्यसको सम्पूर्ण जिम्मेवारी भारतमाथि छ ।’

जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ‘गालवान उपत्यका क्षेत्रको सार्वभौमिकतालाई लिएर ‘बढाइचढाइ गरिएको तथा पुष्टि गर्न नसकिने दावीहरु नगर्न’ सावधान गराएका छन् ।

भारतका अनुसार चीनले अक्साइ चीन प्लेटुमा आफ्नो ३८ हजार वर्ग किलोमिटर भूभाग कब्जा गरेको छ र त्यहाँ १२ हजार सेनालाई राखेर सीमा मिच्दै आएको छ ।

गत हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनले भारतीय भूभाग कब्जा गरेको भनाइलाई बुँदागत खण्डन गरेका थिए । उनको उक्त भनाइ भारत सरकारले यसअघि गर्दै आएको दावीसँग विरोधाभाषपूर्ण बनेको थियो ।

मोदीको उक्त दावीले विवादलाई बढाएको थियो, त्यहाँका विपक्षी दलका नेताहरुले गुप्तचर संयन्त्र फेल खाएको भन्दै सरकारमाथि आरोप लगाएका थिए र त्यहाँ किन झडप भयो भनी प्रश्न उठाएका थिए ।

कसको हात माथि ?

कार्नेजी इन्डोवोमेन्ट फर इन्टरनेशनल पिसका सिनियर फेलो एस्ले टेलिजको विश्वासमा लद्दाख क्षेत्रमा चिनियाँहरुको पछिल्लो अग्रताले भारतलाई ‘पीडादायी चयन’को स्थितिमा पुर्याइदिएको छ ।

‘गत जनवरी २०२० सम्म चिनियाँहरुको नियमित उपस्थिति समेत नरहेको विवादित क्षेत्रमा बेइजिङ पुगेको छ,’ टेलीजले उक्त झडप हुनुभन्दा २ दिनअगावै जुन ४ मा लेखेका थिए ।

पृथ्वीको छायाङ्कन गर्ने कम्पनी प्लानेट ल्याब्सले उपग्रहमार्फत् झडपको आसपासका दिनहरुमा लिएका तस्विरमा गालवान उपत्यकामा चिनियाँ गतिविधिहरु बढ्दै गइरहेको देखाएको छ ।

‘प्लानेटमा यसलाई हेर्दा, चीनले उपत्यकामा सडकहरु बनाइरहेको र सम्भवतः नदीहरुमा बाँध बनाइरहेको देखिन्छ,’ क्यालिफोर्नियाको मिडिलबरी इन्स्टिच्यूट अफ इन्टरनेशन स्टडीअन्तर्गत इस्ट एशिया ननप्रोलिफेरेसन प्रोगामका डाइरेक्टर जेफ्री लेविसले रोयटरलाई बताएका छन् ।

उनी भन्छन्, ‘वास्तविक नियन्त्रण रेखाका दुवैतर्फ थुप्रै वाहनहरु देखिन्छन्, तीमध्ये पनि चिनियाँ पक्षमा बाक्लो देखिन्छ । मैले ३०–४० वटा भारतीय वाहनहरु र चिनियाँ भागमा १०० भन्दा बढी वाहनहरु गिन्ती गरें ।’

चीनसँगको विवादबाहेक, यतिखेर भारत आफ्ना अन्य दुई छिमेकीहरु–चीरपरिचित दुश्मन पाकिस्तान र नेपालसँग पनि आफू विवादमा फँसेको स्थितिमा छ ।

नेपाल र भारतबीच ऐतिहासिक कालदेखि कै राम्रो सम्बन्ध रहिआएको छ । तर यतिखेर यी दुई मुलुक विश्लेषकहरुले ‘नक्सा युद्ध’ को संज्ञा दिएको सीमा विवादमा अल्झिएको छ ।

नेपालको संसदले गत हप्ता मुलुकको नयाँ नक्सा पारित गरेको छ, जसमा भारतले नियन्त्रण गरेको जमीनलाई समेत समेटिएको छ ।

‘एकातिर यस क्षेत्रकै मुख्य शक्ति चीन भारतको विरुद्धमा छ र अर्कोतिर परम्परागत रुपमै भारतको अत्यन्तै निकट मित्र रहिआएका छिमेकीहरुमा पनि भारतप्रति नकारात्मकता बढेर गएको छ । मेरो विचारमा यो मुख्यतः नीतिगत असफलता हो,’ अलजजिरासँग जाकोबले भनेका छन् ।

अब के ?

अहिले चिनियाँ अग्रताको विरुद्धमा भारतमा ठूलो कोलाहल मच्चिएको छ । त्यहाँका जनता र व्यापार संस्थाहरुले मोदी नेतृत्वको सरकारलाई चिनियाँ सामानहरुका वहिष्कार गर्नके लागि आव्हान गरिरहेका छन् ।

मुलुकभरि नै भइरहेका विरोध प्रदर्शनहरुमा चिनियाँ झण्डा र सामानहरु जलाइँदैछ । साथै सामाजिक सञ्जालहरुमा हालिएका भिडियोहरुमा युवाहरुले आफ्ना चीन निर्मित फोनहरु फुटाइरहेका दृश्य देखिन्छन् ।

स्मरण रहोस्, चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो । यी दुईबीचको वार्षिक व्यापार ९२ अरब अमेरिकी डलर बराब छ । यी दुईबीचको व्यापारमा व्यापक असन्तुलन छ र त्यो चीनको पक्षमा छ ।

द इकोनोमिक टाइम्सलाई दिएको एक अन्तर्वार्तामा पूर्व भारतीय विदेश सचिव श्याम शरणलेचीनविरुद्ध ‘सोचविचारबिना गरिने प्रतिक्रिया’ बाट भारत बच्नुपर्ने बताएका छन् । उनका अनुसार, नयाँ दिल्लीका लागि आसन्न भविष्यमा वैकल्पिक आपूर्तिकर्ताहरु फेला पर्न असम्भव छ ।

जाकोबको विचारमा भारतले चीनको सामना गर्न क्वाडका रुपमा जानिने समूहसँग सुरक्षा वार्ता गर्नु जरुरी छ । क्वाड भनेको भारत, जापान, अस्ट्रेलिया र अमेरिका सम्मिलित अनौपचारिक रणनीतिक मञ्च हो ।

‘अमेरिकाले भारतको पक्षमा बोल्यो र क्वाडलाई बलियो बनायो भने यसले हामी आक्रामक कदमहरु चाल्ने छौं र हाम्रा स्वार्थहरुको रक्षा गर्नेछौं भन्ने सन्देश चीनलाई जानेछ,’ जाकोबको मत यस्तो छ ।

मंगलबार भारत, चीन र रुसबीच त्रिपक्षीय सम्मेलन हुँदैछ । भारतका विदेशमन्त्री सहभागी हुने भनिएको यस भर्चुअल मिटिङमा सीमाको विषयलाई सम्भवतः सम्बोधन गरिनेछ ।

यसबीचमा, भारत र चीनका सेनाहरुबीच पनि वास्तविक नियन्त्रण रेखामा तनावलाई समाप्त पार्नका लागि तारन्तार वार्ताहरु भइरहेका छन् ।

अलजजिरामा प्रकाशित विश्लेषणको नेपाली रुपान्तरण

तपाइको प्रतिक्रिया दिनुहोस्।