काठमाडौँ,पुष ०७। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यो वर्षको हिउँदे बिदा नदिने भएको छ। त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेर पठनपाठनलाई सुचारु गर्ने निर्णय गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरेर यो वर्षको बिदा हटाइएको जानकारी दिएका हुन्। कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्णय त्रिविले गरेको सूचनामा उल्लेख छ। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन भइरहेका छन्।

त्रिविले सम्भव भएसम्म भौतिक रूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन पनि दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।