झापा, पुष १२। नेपाल तामाङ विद्यार्थी घेदुङ झापाले मृगौला फेल भएर पीडित रहेका भद्रपुर २ का राजकुमार तामाङलाई आर्थिक सहयोग गरेको छ। विद्यार्थी घेदुङले आफ्नो सदस्यहरु र घेदुङमा आबद्ध सहयोगी व्यक्तिहरुबाट संकलन गरेको रकम नगद रु १२ हजार ९ सय २० रुपैयाँ राजकुमारको घरमै पुगी हस्तान्तरण गरेको हो ।

तामाङलाई सहयोग हस्तान्तरण गर्न विद्यार्थी घेदुङका संघीय सचिव हैकम घिसिङ, जिल्ला अध्यक्ष प्रकृति घिसिङ, कोषाध्यक्ष लासाङ लो, सदस्य निरोज ग्लान लगायतका सदस्यहरु उनको घरमा पुगेका थिए ।

विभिन्न हस्पिटलमा लामो समय उपचार गर्दा पनि रोग पत्ता नलाएपछि काठमाडौंको निदान हस्पिटलमा परीक्षण गराउँदा दुवै मृगौला फेल भएको थाहा पाएपछि आफू छागाबाट खसेजस्तै भएको पीडित राजकुमारले बताए ।

लामो समयको उपचार साथै आर्थिक अवस्था ज्यादै कमजोर भएका तामाङलाई नियमित डायलसिस गर्न पनि गाह्रो भइरहेको छ । उनले देश विदेशमा रहनुभएका सहयोगी मनहरुलाई सहयोग अपील समेत गरेका छन् । उनलाई सहयोग गर्न ९८१५८०८९१५ मा सिधा सम्पर्क गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।