नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, डोरमणिलाई हटाइयाे
काठमाडौं,पुष १५ । नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ ।
बुधबार पेरिसडाँडामा बसेको बैठकले पौडेललाई हटाएर संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो ।
शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्।