कुमरखोद, पुस १६। झापा गाउँपालिकामा नेपाली काँग्रेस वडा समिति १ र २ को संयुक्त आयोजनमा झापा बजारमा रहेको समुदायिक भवनमा महामानव राजनेता विपी कोइरालाको ४४ औं मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली काँग्रेस वडा नं १ का वडा सभापति द्वारिका खतिवडाको अध्यक्षातामा भएको कार्यक्रमा प्रमुख अतिथि क्षेत्र नं ४ का सभापति तथा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह थिए । क्षेत्रिय सभापति शाहले नेपाली काँग्रेसले प्रत्येक वर्ष विपी मेलमिलाप दिवस मनाउदै आएको बताए ।

वि.स. २०१७ सालमा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको सरकारलाई वर्खास्त गरेका थिए र निर्दलीय पञ्चायती व्यवस्था शुरु गरेपछि कोईराला सहितका नेताहरुलाई ७ वर्ष जेल सजाय दिएका थिए । त्यसपछि २०२५ सालमा विपीसहितका काँग्रेस नेताहरु भारत प्रवासमा गएका थिए र पछि २०३३ साल पुस १६ गते मेलमिलापको नीति बोकेर नेपाली काँग्रेसका नेताहरु विपी कोईराला, गणेशमान सिंह, शैलंजा आचार्य, खुम बहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देश सहित नेपाल फर्किएका थिए ।

मेलमिलाप खास गरेर हाम्रो पार्टीको मेलमिलाप मात्र नभएर नेपालमा जति पनि पार्टीहरु छन् सबैलाई मेलमिलाप गराएर नेपालमा कसरी शान्ति हुन सक्छ कसरी विकास हुन सक्छ यो सिद्धान्त अनुरुप नै हिजो माओवादीलाई शान्तिको धारमा ल्याउने काम गरे, एमालेलाई ल्याउने काम गरे ।

सबैलाई एकैठाउँमा ल्याउने काम नेपाली कांग्रेसले नै गरेको हो, संविधान बनाउनेदेखि लिएर हिजो चाहे २०४६ को संविधान होस चाहे २०६२–६३ सालको जनआन्दोलन होस चाहे ७२–७६ सालको संविधानको नेतृत्व काँग्रसले नै नेतृत्व गरेका थिए । विपी सम्झदै गर्दा विपीका मेलमिलापहरु सम्झदै गर्दा उहाँले दिएका उपदेशहरु, उहाँले ल्याएका सिद्धान्तहरु हामीले व्यक्तिगत रुपमा लागु गरेर लैजानुपर्ने बताएका थिए । विपीका सिद्धान्तहरु: प्रत्येक गरिबको घरमा गाई, एकहल गोरु होस, त्यतिखेरको समयमा विपी कोईरालाको सपना थियोे र सबी नेपाली जनताका छोराछोरी स्कुल पढ्न पाउनविपीको सपना समेत रहेको थियो भनेर शाहले सम्झिएका थिए ।

वडा सचिव कुमार गणेशले स्वागत गरेको कार्यक्रममा विशेष अतिथिहरु जिल्ला सदस्य पुष्पा प्रसाई, क्षेत्रिय महिला सभापति अन्जु थपलिया, झापा गाउँपालिका उपसभापति राजकुमार यादव, टेक व.कार्की, मोहन चम्लागाई लगायतले शुभकामना दिएका थिए भने मेलमिलाप दिवस कार्यक्रममा उपस्थित क्षेत्रिय सचिव शिव कडेल, मोहन कार्की, प्रताप विश्वकर्मा, हिमाल चम्लागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तथा राजकुमार उद्घोषण कोचले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।