विर्तामोड, माघ २६ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची राजमार्ग ट्रक कमिटीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्मेलनले मंगल कुमार राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ग्याबू शेर्पा, सचिवमा कर्ण बहादुर पोखरेल, सह- सचिवमा कुशल श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र राई, सदस्यहरुमा कमल आचार्य, लावाङ्ग लामा, नन्दु बराइली, याम कुमार खत्री चयन भएका छन् ।

नेपाल यातायात मजदुर संगठन केन्द्रिय कमिटी अध्यक्ष भीम ज्वाला राईको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सचिव देवी प्रसाद भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी नेपाल ट्रेड यूनियन महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सन्त कुमार राई, इलाका प्रहरी कार्यालय प्रमुख मुकुन्द प्रसाद रिजाल, केन्द्रीय सल्लाहकार हस्त राज राई, संगठन प्रदेश अध्यक्ष सन्तोष राई, संगठन प्रदेश सचिव राजकुमार ढुंगेल, प्रदेश सदस्यहरु किरण तामाङ, छत्र बहादुर रायमाझी, सदस्य राजकुमारी सुवेदी, कमला श्रेष्ठ, संगठनका धरान उपमहानगर अध्यक्ष कमल भट्टराई, मेची पहाडी ढुवानी कमिटी अध्यक्ष पदम बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो भने जिल्ला ट्राफिक प्रतिनिधि नारायण आचार्य, जिफन्ट विर्तामोड सचिव धन बहादुर गिरी, मेचीनगर अध्यक्ष खडानन्द भण्डारी, विर्तामोड नगर अध्यक्ष विक्रम खनाल, दमक नगर अध्यक्ष मदन खड्का पुर्व केन्द्रीय सल्लाहकार पदम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा प्रमुख अतिथिले शुभकामना मन्तव्य संगै चालक-सहचालक दुर्घटना सम्बधी हाल विधमान रहेको कानुनी प्रावधानबारे प्रशिक्षित समेत गराउनुभएको थियो । अधिवेशनमा साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मंगल कुमार राई हाल ३०० क्रियाशील सदस्यहरु रहेकोमा आगामी वर्ष सम्ममा ५०० पुर्याउने बताउनुभयो । त्यसैगरी संगठन हालसम्म भएको आर्थिक कारोबारको प्रतिवेदन पारदर्शी रुपमा कोषाध्यक्ष इन्द्र राईले पेस गर्नुभएको थियो।

कार्यक्रमको संचालन कर्ण बहादुर पोखरेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य भलाइकोषका अध्यक्ष प्रेम लिम्बुले राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।