झापा , कात्तिक १७ । एसआरबी इन्टरटेनमेन्ट प्रालि ले आयोजना गरेको “मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१” को उपाधि रोजिला शिवाकोटी जितेका छन् ।

एसआरबी इन्टरटेनमेन्ट कम्पनीको आयोजनामा झापाको सुरुङ्गामा मंगलबार राती सम्पन्न प्रतियोगितामा तेर्ह जना प्रतिस्पर्धीलाई पछि पार्दै रोजिला शिवाकोटी मिस्टर एण्ड मिस झापा आइकोनिक को उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा फष्ट रनरअफ तथा सेकेण्ड रनरअप क्रमशः प्रभात आङ्बो र अलिन वाग्ले घोषित भएको एमडी रोशन कार्कीले जानकारी दिए।

त्यसैगरी प्रतियोगितामा मिस फिगर,व्युटिफुल स्मायल र भ्युवर च्वाइज निहा राई, रोस्नी पौडेल,र सायुस गौतम ,मस्ट कन्फिडेन्स एण्ड इन्टलेक्चल किर्षा खरेल, मस्ट टेलेन्ट सुजता राई र फोटोजेनी सायुस गौतम घोषित भएको एसआरबी चियरम्यान सरोज अधिकारिले जानकारी दिए ।

उक्त प्रतियोगिताको निर्णायकहरुमा फेसन कोरियोग्राफर रजिता पराजुली, कलाकार फोरेन प्रोग्राम अर्गनाईजर केशव भट्टराई, र मिस्टर आईकोन वर्ल्ड सेकेण्ड रनर अप, इवेंट अर्गनाईजर अमर सिङ ल्हयो मगर रहेका थिए । उक्त प्रतियोगिताको कोरियोग्राफर बिराज राई र आरती गौतमले गरेका थिए ।
कम्पनीका अध्यक्ष सरोज अधिकारिको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि कन्काई नगरपालिका उपमेयर मन्जु प्रसाईं रहेकी थिइन् ।

कम्पनीका मेनेजिङ डाइरेक्टर रोशन कार्कीले धन्यवाद मन्तव्य राखेका थिए भने एक्जुकेटिभ डाइरेक्टरको मन्तव्यबाट स्वागत गरेको फाइनल कार्यक्रमको सञ्चालन सुमन शर्मा र अन्जना शर्माले गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्।