विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ यतिबेला सर्वाधिक चर्चामा छ । तीजको मर्म बोकेको गीतलाई सार्वजनिक भएको १० दिनमा ८२ लाख बढी पटक हेरिएको छ । दुई÷तीन दिनमै यस गीतले एक करोड भ्यूज पार गर्ने अनुमान गर्न सकिन्छ ।विष्णुको दर्जनौं गीत कर्णप्रिय छन् । एकपछि अर्को गीत स्रोता एवं दर्शकको मन–मनमा बसेका छन् । हामी यहाँ युट्युबमा करोड बढी हेरिएका उनका पाँच गीतबारे जानकारी दिँदैछौं ।

सालको पात टपरी : ७ करोड १८ लाख
विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर रहेको ‘सालको पात टपरी’ तीन वर्ष अगाडि सार्वजनिक भएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यस गीतमा आशिष अविरलको संगीत संयोजन छ । शिव बि.क.को निर्देशनमा बनेको यस गीतको भिडियोलाई युट्युबमा ७ करोड १८ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाको अभिनय छ । यो गीत नेपाली लोकदोहोरीको ईतिहासमा सर्वाधिक हेरिएको गीत हो । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

लालुमै : ३ करोड ५१ लाख
विष्णु माझीको करोड बढी हेरिएको अर्को गीत हो, लालुमै । शिव हमालको शब्द, संगीत र आशिष अविरलको संगीत संयोजन रहेको गीतमा विष्णु र सन्दीप न्यौपानेको स्वर छ ।दुई वर्ष अगाडि सार्वजनिक गीतको भिडियोलाई अहिलेसम्म युट्युबमा ३ करोड ५१ लाख बढी पटक हेरिएको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा सन्दीप न्यौपाने र सृष्टि खड्काको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

बोकेझार : १ करोड २८ लाख
विष्णु माझी र बसन्त थापाको स्वर रहेको ‘बोकेझार’ शीर्षकको गीत युट्युबमा १ करोड २८ लाख बढी पटक हेरिएको छ । प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको संगीत, कृष्ण बि.के भान्जाको संगीत संयोजन रहेको यो गीत दुई वर्ष अगाडि सार्वजनिक भएको हो ।सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा सुनिल स्वयंमका साथमा रक्षा श्रेष्ठ, श्रीकृष्ण बम मल्ल लगायतको अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

छिप–छिपे पानीमा लेउ : १ करोड १० लाखविष्णु माझी र पिताम्बर जि.सी.को स्वर रहेको गीत ‘छिप–छिपे पानीमा लेउ’लाई युट्युबमा १ करोड १० लाख बढी पटक हेरिएको छ । यस गीतमा एकनारायण भण्डारीको शब्द, संगीत छ भने आशिष अविरलको संगीत संयोजन छ ।
प्रकाश भट्टको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्तको अभिनय छ । राजेश घिमिरेले खिचेको यस भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । दुई वर्ष अगाडि एकनारायण भण्डारी युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो ।

पीँडालु : १ करोड ७ लाख
विष्णु माझी र तेजश रेग्मीको स्वरमा दुई वर्ष अगाडि ‘पीँडालु’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । तेजशकै शब्द र संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ । यस गीतको भिडियोलाई युट्युबमा १ करोड ७ लाख बढी पटक हेरिएको छ ।शिव बि.क.को कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा कुलेन्द्र विश्वकर्मा, तेजश रेग्मी, रक्षा श्रेष्ठ लगायतको अभिनय छ । रामेश्वर कार्कीको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।