काठमाडौं ,भदौ ३०।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २८ हजार ७ सय ८४ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जानकारी गराएको छ । यसैले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि दिवेदन दिनु पर्ने छ ।

निवेदन बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा पुग्ने गरी पठाउन बैंकले आग्रह गरेको छ । तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्।