एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ । शुक्रबार भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा  युनाटेडलाई जित दिलाउन एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए ।

खेलमा अग्रता मार्टियलले हेड गोल मार्फत दिलाएका थिए । वान विसाकाको क्रसमा मार्टियलले युनाईटेडलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा ट्रेयरले पाहुना टोलीका लागि बराबरी गोल फर्काए । डिबक्सभित्र प्राप्त बललाई ट्रेयरले गोलमा परिणत गरेका थिए । जित सहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानका दुई क्लब लिभरपुल र युनाईटेडको समान ३३ अंक भएको छ । एस्टन भिल्ला २६ अंकसहित तालिकाको छैटौ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।