नेकपा ओली समुहले आज बृहत भेलाको आयोजना गर्ने
काठमाडौँ,पुष १८। नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्दै छ। बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ ।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यसूचि छ । संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् ।
उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् भने नेकपाको प्रचण्ड-नेपाल समूहले ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
filephoto
तपाइको प्रतिक्रिया दिनुहोस्।