झापा,पुष १८। झापा गाँउपालिका-६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

हिजो साढे ३ बजे शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।