कुमरखोद, पुस २०। झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाले आज छैंठो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष कल्पना खड्काकी अध्यक्षातमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष जयारायण शाह रहेका थिए । संस्थाकी अध्यक्ष खड्काले झापा वजारमा रहेको सामुदायिक भवनमा साधारणसभाको आयोजना गरी प्रगति विवरण सार्वजानिक गरेकी छिन । संस्थाकी अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ५३८ जना शेयर सदस्य रहको यो संस्थामा महिला ४९० जना र पुरुष ४८ जना रहेकी वताएकी छिन् । यस संस्थाले ऋण लगानी जम्मा रु १ करोड ४९ लाख ८ सय २४ रुपैया गरेकी छिन भने यस संस्थाले वैक वाट ऋण १ करोड १६ हजार रुपैया लिएकी छिन भने संस्थाको शेयर पुँजी २४ लाख ९३ हजार ३ सय ७९ रुपैया रहेको छ भने जम्मा कुल वचत ३५ लाख ४५ हजार ५ सय २३ रुपैया रहेको छ भने यस आर्थिक वर्ष २०७६–७७ मा कुल आम्दानी रु २३ लाख ३ हजार १ सय २९ रुपैयाको छ भने खर्च रु १८ लाख ९८ हजार ९ सय ८ आठ रुपैया छ भने सम्पूण खर्चहरु काटेर ४ लाख ४ हजार २ सय २१ रुपैया रहेको वताएकी थिईन ।
यस कार्यक्रमका प्रमुख अतिथी जय नारायण शाह र विशिष्ट अतिथी कुन्तीदेवी वुढाथोकीले संस्थामा उत्कृष्ट हुने समुहहरुलाई दोसल्ला ओढाई सम्मान र सम्मान प्रमाण–पत्र दिएका थिए । उत्कृष्ट हुनेहरुमा ऋणि समुह नं. २३ र ७४ ,उत्कृष्ट कृषि व्यावसाय समुह नं.१३ र ३५ उत्कृष्ट वचत समुह नं. ७१ ,उत्कृष्ट नियमित वचत समुह ९ का वुद्धमाया श्रेष्ठ , उत्कृष्ट जेष्ठ नागरिक वचतमा समुह नं. ६० का मिना कुमारी खड्का रहेका थिए । संस्थामा लगनशील र मेहेनती भई काम गर्ने भौवा कुमारी थापालाई समेत दोसल्ला र प्रमाण–पत्र दिएका थिए ।
वडा अध्यक्ष नेत्र वहादुर खड्काले स्वागत मन्तव्य गरेको कार्यक्रमा प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए भने उक्त कार्यक्रममा विशिष्ट अतिथीमा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी रहेका थिए । अतिथीमा राजकुमार यादव , सुन्दरलाल गणेश, रिता वर्देवा, केशव कटुवाल , उदय राजवंशी , राजकुमार कोच , युद्धमाया खड्का , शंकर शाह , राप्ती राजवंशी, पशुपतिलाल गणेश रहेका थिए भने कार्यक्रमको संचालन तथा उद्घोषण संस्थाका प्रवन्धक रुपक राजवंशीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।