एजेन्सी। पोर्चुगलको तेस्रो डिभिजन लिगअन्तर्गतको खेल खेल्ने क्रममा मैदानमा बेहोस भएका फुटबलर एलेक्स अपोलिनारियोको निधन भएको छ ।

एफसी अल्भेर्काबाट खेल्दै आएका अट्याकिङ मिडफिल्डर एलेक्सको बिहीवार २४ वर्षको उमेरमा भएको हो । अल्भेर्काले बिहीवार युवा खेलाडीको निधन भएको पुष्टि गरेको छ ।

ब्राजिलियन खेलाडी एलेक्स युनिया अल्मिरिमविरुद्धको खेल दौरान मैदानमा बेहोस भएका थिए ।

मैदानमा बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई चार दिनपछि मृत घोषित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।