एजेन्सी । एस्टन भिल्लाविरुद्ध सहज जित हात पार्दै लिभरपुलले एफए कपको चौथो चरणमा स्थान बनाएको छ । सिनियर टोलीका टोलीका खेलाडीहरुमा कोभिड संक्रमण देखिएपछि यस खेलमा एस्टन भिल्लाले युवा टोलीका खेलाडीहरुमात्रै उतारेको थियो । प्रिमियर लिग च्याम्पियनविरुद्धको खेलमा भिल्लाले यु–२३ टोलीका ७ र बाँकी चारजना यु–१८ उमेर समुहका खेलाडी उतारेको थियो ।

 पहिलो पटक सिनियर टिमबाट खेलेपनि युवा खेलाडीहरुले पहिलो हाफमा लिभरपुललाई कडा टक्कर दिए । सेडियु मानेले चौथो मिनेटमै गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा १७ वर्षीय लुईस बेरीले शान्दार गोल गर्दै भिल्लालाई बराबरीमा फर्काए । बेरी इङल्यान्डको यु–७१ टोलीका सदस्य पनि हुन् । बार्सिलोनाको एकेडेमीबाट उनी गत वर्ष जनवरीमा एस्टन भिल्ला भएका थिए ।

 तर दोस्रो हाफमा भिल्ला युवा खेलाडीहरु थकित भएपछि लिभरपुलका अनुभवी खेलाडीहरु हाबी भए । लिभरपुलले दोस्रो हाफको ५ मिनेटभित्र ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । जर्जिनियो  विज्नाल्डुमले ६०, सेडियु मानेले ६३ र मोहम्मद सलाहले ६५ मिनेटमा गोल गरे । 

तपाइको प्रतिक्रिया दिनुहोस्।