विर्तामोड , पुष २८ । विक्रम परियार लोक गायनमा उदाउँदै गरेका प्रतिभा हुन् । विक्रमको स्वर रहेको ‘चौतारीको बर’ले युटुबमा १ करोड ९४ लाख बढी भ्यूज बटुलेको छ । त्यस्तै उनका ‘गुन्द्रुक मिठो सागको’, ‘बाँचेको छु धन्न’, ‘आधा माया’ लगायतका गीतलाई श्रोताले रुचाएका छन् । उनै विक्रमसँग अनलाइनखबरले गरेको कुराकानी यसप्रकार छः

अहिले स्टेज कार्यक्रमहरु पनि छैन ।केही गीतको रेकर्डिङ गरिरहेको छु ।स्टेज नचढेको एक वर्ष नै भएछ । हामी गीत गाउने, नचाउँने ब्यक्तिका लागि स्टेज जिन्दगीको एउटा अंग जस्तै हो । यतिका लामो समय स्टेज कार्यक्रम गर्न नपाउँदा कताकता अधुरो, एक्लो महशुस भइरहेको छ ।

गीतसंगीतमा रुचि पहिल्यैदेखि थियो । यहाँ आएर धेरै देशहरुको लागि प्रक्रिया थालेँ तर विविध कारणले भएन । विस्तारै पढाई सँगसँगै गीतसंगीतमा लागेँ । केही गीतहरु सफल भए ।संघर्षको समयको दुःख, कष्ट त कसरी बयान गरु । कतिपय दुःख, पीडा शाब्दिक रुपमा बयान गर्न नसकिने खालका हुँदारहेछन् ।

 आफूले चाहेको रुचिको क्षेत्र भएकाले यसमै दुःख गर्न पाए हुन्थ्यो भन्ने छ । गीतलाई स्रोता दर्शकले रुचाउँदै पनि जानुभएको छ ।सुरुवाती समयको भन्दा अहिले सहज छ ।अनलाईनखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।