बाइडेनद्वारा १.९ ट्रीलियन डलरको राहत प्याकेजको घोषणा
एजेन्सी। अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन(१९ खर्ब) डलरको राहत प्याकेज घोषणा गरेका छन्।
स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो राहत प्याकेज घोषणा गरेका हुन्।
प्याकेजमा राहत चेक, बेरोजगार भत्ता, साना व्यापारीलाई सहयोग र कोरोनाविरुद्धको खोपलाई थप सहयोग समेटिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्।