कुमरखोद, माघ २। झापा गाउँपालिका वडा १ सितुमारीको किराँत मन्दिरमा आज शुक्रवार किराँत समुदायले नाँचगान तथा हर्सोउल्लाहका साथ नयाँ वर्ष एल्ले तङवे ५०८१ साल मनाएका छन् । किराँत समुदायले मार्ग महिनामा सधैं नयाँ वर्ष मनाउने पराम्परागत चलन रहेको छ ।
किराँत याक्थुङ चुम्लुङ वडा नं १ र २ को संयुक्त आयोजनमा सितुमारीमा रहेको किराँत मन्दिरमा नयाँ वर्ष एल्ले तङवे ५०८१ मनाएका थिए । किराँत याक्थुङ चुम्लुङ्गका वडा समिति अध्यक्ष ईन्द्र कुमार लिम्वुको अध्यक्षातमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह र विशिष्ट अतिथि उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी रहेका थिए । अध्यक्ष शाहले नेपालमा संघियता आएको कारणले गर्दा सम्पुर्ण जातजातिले आफ्नो संस्कृतिलाई बचाउन पाएका छन् । संघियता आएकै कारणले सवै जातजातीहरुले आप्mनो धर्म र साँस्कृति अनुसार काम गर्ने कानुनी अधिकार पाएका छन् । कुनै पनि जातजातिको धर्मलाई विभेद गरिनु हुदैन र राज्यले सम्मान गर्नुपर्ने वताए । हाम्रो देश नेपाल वहुजाति , वहुभाषि भएकोले धर्म निरपेक्ष राष्ट्रीय भएको वताएका थिए । यो किराँत याक्थुङ चुम्लुङ मन्दिरलाई झापा गाउँपालिकाले सधै सहयोग गरिने समेत वताएका थिए । त्यसैगरि उपाध्यक्ष वुढाथोकीले यो किराँत याक्थुङ चुम्लुङलाई वडा स्तरीयमा मात्र सिमित नगरीकन गाउँपालिका स्तरीय वनाउँन जोड समेत दिएका थिए ।
किराँत याक्थुङ चुम्लुङ वडा सचिव रेनुका शेर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमा विशेष अतिथीहरु वडा अध्यक्षहरु राजकुमार यादव , नेत्र वहादुर खड्का , गजेन्द्र ताम्ली , माधव पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा शसस्त्र प्रहरी टाँघनडुब्बा विओपीका इन्सेपेक्टर सचिन प्रधान , ईलाक प्रहरी कार्यालयका सई खड्ग वहादुर गिरी , असई हरि थापा ,कौशल गणेश, कुमार गणेश , टेक वहादुर कार्की , राजकुमार कोच , सन्त निरौला, कृष्ण प्रसाद गणेश , हिमाल चम्लागाई , मोहन कार्की , छत्तरसिंह राजवंशी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन राम लिम्वुले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।