बिर्तामोड , माघ १३ । लोकदोहोरी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय छन् खेम सेञ्चुरी । उनका ‘लरि लरिलै’, ‘चिया छानेको’, ‘सोचेँ झै जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’ लगायतका गीतले युटुबमा करोड भ्यूज पार गरेका छन् । यी बाहेक उनका अन्य थुप्रै गीत दर्शक तथा श्रोताले रुचाएका छन् । खेमको शब्द, संगीत, स्वर र अभिनयमा हालसम्म ५ सय भन्दा बढी गीत सार्वजनिक भैसकेका छन् ।

म गीतको रेकडिङ र भिडियोको छायांकनमा नै व्यस्त छु । हिजोका दिनमा दर्शक तथा श्रोताले मेरो शब्द र संगीतलाई रुचाउनुभएको थियो भने पछिल्लो समयमा स्वरलाई पनि रुचाउनु भएको छ । मैले आफ्नो मात्र नभई अरुको पनि गीत गाइरहेको छु । म्यूजिक भिडियोमा पनि अभिनय गरिरहेको छु ।

कलाकार भैसकेपछि आफूले जानेका कुराहरु नै दर्शक तथा श्रोताहरुलाई प्रस्तुत गर्ने हो । हिजोका दिनमा मैले शब्द कोरे कै हो, भाका बनाएकै हो । गायकीको हिसाबले पनि मैले कत्तिको राम्रो गीत गाउँछु भनेर मुल्यांकन गर्ने काम श्रोताको हो । अभिनयलाई पनि दर्शकले नै मुल्यांकन गर्ने कुरा भयो । तर, दर्शक तथा श्रोताले मलाई अडियो र भिडियो दुबैमा रुचाउनुभएको छ । यसैले पनि मैले आफूलाई गायक तथा मोडलको रुपमा प्रस्तुत गरेको हुँ ।

 म धेरै सपनाहरु बोकेर हिड्ने मान्छे नै होइन । गाउँ समाजको वातावरणले गर्दा पनि लोकदोहोरीप्रति माया अलि बढी भयो । सानैदेखि गीतसंगीत सपना बन्यो ।

गीतसंगीतमा आईसकेपछि आफूलाई कसरी प्रस्तुत गर्ने, आफूमा कसरी निखारता ल्याउने, कसरी मिहिनेत गरेर अघि बढ्ने ? गीतसंगीत के हो ? मेरो सिर्जनालाई कसरी राम्रो बनाउने र कसरी बजारमा ल्याउने भन्ने सोच नै बढी बोकियो । मेरो अहिलेको सोच पनि यही नै हो । चलचित्रमा आउने कुनै योजना छैन । अनलाईनखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।