दक्षिणकालीमा ट्रक दुर्घटना हुदा चालकसहित दुईको मृत्यु
काठमाडौं,माघ १४। काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षीय गोमबहादुर बुढा छन्
थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक राति साढे ८ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्।