बिर्तामोड़,माघ २०। झापाको बिर्तामोड पश्चिम बस स्टेण्डमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यू भएको छ । पैदल यात्री बिर्तामोड–६ का ३९ वर्षीय सागर मिश्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवा ३ मा भएको दुर्घटनामा मिश्रको घटनास्थलमै मृत्यू भएको हो । प्रहरीका अनुसार कुद्दै गरेको बसमा मिश्र छिरेपछि दुर्घटना भएको छ । बसका चालक र बसलाई नियन्त्रणमा लिई इप्रका अनारमनी लगिएको छ । थपअपडेट आउनबाकी

तपाइको प्रतिक्रिया दिनुहोस्।