कुमरखोद, माघ २७। झापा गाउँपालिका वडा नं २ मा रहेको उत्सव कृषि सहकारी संस्थाले आयोजना गरेको आफ्नो शेयर सदस्यहरुको आय आर्जन तथा रोजगारका अवसरलाई सिर्जना गर्नका लागि पशुपालक तथा कृषकहरुको जीवन स्तर उकास्ने उद्ददेश्यले ३ दिवसीय कृषक क्षमता अभिवृद्धि तालिम सम्वन्धी प्रशिक्षण दिई कार्यक्रम सम्पन्न गरेको छ ।
कृषकहरुको जीवन स्तरलाई उकास्नको लागि यस उत्सव कृषि सहकारी संस्थाले विभिन्न क्षेत्रवाट विज्ञहरुलाइ वोलाई शेयर सदस्यहरुलाई गाईपालन तथा कृषि सम्बन्धी तालिम दिईएको थियो । गाई पालन तथा कृषि सम्बन्धी तालिम प्रशिक्षण कार्यक्रममा ५ जना विज्ञहरु डा.पशुपति ढुङ्गाना , कुमारसिंह खत्री , पदम राई , पशुपति पोखरेल र विनय श्रेष्ठ लगायतले तीन दिन पालैपालो पशिक्षण दिएका थिए । अधिकाँश विज्ञहरुले गाई पाल्ने तरिका , गाई वस्ने गोठ , घाँसका प्रजाति वारेमा र पशुहरुलाई लाग्ने रोगको वारेमा वताएका थिए ।
उत्सव कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष जयनारायण शाहले यो झापा गाउँपालिका धान जोन कार्यक्रममा अन्र्तगत परिसकेको छ । हामीले राम्ररी कृषि क्षेत्रमा र पशुपालन क्षेत्रमा ध्यान दियौ भने पनि वेरोजगार हटेर जानेछ । युवापुस्तालाई विदेश जानवाट रोक्न सक्छौं । यहि आउँदो फाल्गुन महिनाभित्र यस संस्थाले दुध संकलन तथा चिस्यान केन्द्र खोल्ने समेत वताएका थिए । अन्त्यमा अध्यक्ष शाहले प्रशिक्षक र उपस्थित शेयर सदस्यहरुलाई धन्यवाद समेत दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।