भोलि सेयर बजार घट्छ या बढ्छ भनेर कसैले यकिन गर्न सक्दैन। केही आधार केलाएर अनुमानकै भरमा सेयर बजारमा लगानी हुने गर्छ।

सेयर किन्नेले भोलि बढ्छ भन्ने मान्यता राख्छन् भने बेच्नेले घट्छ भन्ने मान्यता राख्छन्। यही मान्यताले खरिद-बिक्री ‘म्याच’ भई कारोबार सम्पन्न हुन्छ। घटनाक्रमको विकाससँगै कहिले किन्नेले जित्छन् त कहिले बेच्नेले।

बजारमा लगानी गर्नेमध्ये धेरैले मूल्य उतारचढावबाटै फाइदा लिने लक्ष्य लिएका हुन्छन्। कम्पनीहरूले दिने वार्षिक प्रतिफलभन्दा मूल्य उतारचढाव नै बढी फाइदामूलक र बढी जोखिमयुक्त पनि छ। 

उदाहरणका रूपमा, सबभन्दा धेरै लाभांश दिएको नबिल बैंकलाई हेरौं। गत वर्षको नाफाबाट बैंकले कुल ३५‍‍.२ प्रतिशत लाभांश दिएको थियो। जबकि समायाेजनपछि पनि कम्पनीको सेयर मूल्य वृद्धिदर ६२.६५ प्रतिशत छ। यही कारण प्रतिफल कुर्नुभन्दा उचित मूल्य पाएमा सेयर बेच्ने रणनीति अधिकांश लगानीकर्ताले लिएका हुन्छन्। 

बुधबार कारोबार बन्द हुँदा परिसूचक २५४३ अंकमा कायम भएको छ। जबकि गत वर्षको माघ २८ गते १३३८ अंकमा थियो। एक वर्षको अवधिमा बैंकिङ समूह ६४४ अंकले बढेको छ। 

एक वर्षअघि वाणिज्य बैंकहरूको सेयर खरिद गरेका कसैले पनि मूल्य गुमाउनु परेको छैन। बिजनेस विस्तारमा आक्रामक हुँदै गएका बैंकको सेयर मूल्य तुलनात्मक रूपमा धेरै बढेको देखिन्छ। 

एक वर्षमा लगानीकर्तालाई प्रभु बैंकको सेयर मूल्य वृद्धिबाट सबभन्दा धेरै, शत प्रतिशत लाभांश मिलेको छ। ठीक एक वर्षअघि २४ हजार ५ सय रूपैयाँको सेयर किनेका लगानीकर्ताले बुधबार बेच्दा ४९ हजार २ सय रूपैयाँ कमाए।

त्यति मात्रै होइन, यी लगानीकर्ताले गत वर्षको नाफाबाट घोषित १० प्रतिशत बोनस सेयर (बुधबारको मूल्य थप ४ हजार ९२० रूपैयाँ) पनि पाए।

योसहित गर्दा एक वर्षमा बैंकको सेयर खरिदबाट लगानीकर्ताले कुल १२० प्रतिशत कमाए। यद्यपि यो कमाइ पुँजीगत लाभकर र ब्रोकर कमिसनबाहेकको हो। 

यसरी प्रभु बैंकको सेयर मूल्य उच्चदरले बढ्नुमा बैंकको बिजनेस विस्तार प्रमुख कारण हो। बैंकले एक वर्षमा कुनै मर्ज तथा एक्विजिसन नगरी आफ्नो बिजनेस ३१ प्रतिशतले बढाएको छ।

प्रभुपछि एनआइसी एसियाको सेयर मूल्य वृद्धि सबभन्दा धेरै, ७५ प्रतिशत देखिन्छ। बिजनेस विस्तारमा याे बैंक सबभन्दा बढी आक्रामक देखिन्छ।

बिजनेस बढ्नुले आगामी दिनमा कम्पनीले राम्रो प्रतिफल दिनसक्ने सम्भावना देखाउँछ। त्यसैले यस्ता कम्पनीमा लगानी गर्नेहरू बढेका हुन्छन्। यसले सेयरको माग बढ्न गई मूल्य बढ्न जाने हो। 

बिजनेस विस्तारमा सुस्त रहेका बैंकहरूको सेयर मूल्य कम दरले बढेको छ। स्टान्डर्ड चार्टड र एसबिआई बैंकको बिजनेस नै घटेको छ भने सेयरको मूल्य वृद्धि पनि न्यून देखिन्छ। 

हेरौं एक वर्षमा बजार मूल्य वृद्धिबाट कुन बैंकका सेयर लगानीकर्ताले कति कमाए ?

बैंक२०७६ माघ २८ को मूल्य२०७७ माघ २८ को मूल्यपरिवर्तन प्रतिशतमा
नबिल७२३११७६६२.६५
ग्लोबल आइएमई२८१४४८५९.४३
कृषि३८५४५७१८.७०
एनआइसी एसिया५०३८८४७५.७४
एभरेष्ट६४३७७९२१.१५
इन्भेष्टमेन्ट३८०४६०२१.०५
प्राइम२७९४६२६५.५९
एनएमबी३८०४४३१६.५७
हिमालयन५२८५५५५.११
एसबिआई४१४४३४४.८३
नेपाल२६९३८९४४.६०
प्रभु२४५४९२१००.८१
सिद्धार्थ३१५३९७२६.०३
सानिमा३४८३७५७.७५
माछापुच्छ्रे२३५३०७३०.६३
स्टान्डर्ड चार्टड६१३६२६२.१२
बिओके२३७३१३३२.०६
सनराइज२५०३२४२९.५९
मेगा२०५३०४४८.२९
लक्ष्मी२२६२९५३०.५३
नेपाल बंगलादेश२१०३०७४६.१९
सिटिजन्स१९८३०८५५.५५
कुमारी१९८३१३५८.०८
एनसिसी१९६३१५६०.७१
सेन्चुरी१८६२५१३४.९४
सिभिल१५५२२३४३.८७
तपाइको प्रतिक्रिया दिनुहोस्।