महिला लघुवित्तको शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं, फागुन ०५। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । माघ ३० गतेदेखि कम्पनीले जारी गरेको ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयरमा आज बैंकिङ्ग समयभित्र आवेदन दिन सकिने छ ।
निष्कासित कुल शेयरमध्ये जारी पूँजीको ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने सर्वसाधारणका लागि २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् । हालसम्म १४ लाखभन्दा बढी आवेदकले आवेदन दिसकेका छन् ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।