बिर्तामोड , फागुन ८ । अनियन्त्रित लागूऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर १ बस्ने २१ वर्षिय विजय आले मगर , सोही ठाउँका १८ वर्षिय देव आले मगर , २१ वर्षिय मनोज तामाङ र भारत किसनगंज घर भई बिर्तामोड ५ बस्ने २० वर्षिय अभिकुमार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो अर्जुनधारा ११ बसपार्कमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

ब्राउनसुगरसँगै लागूऔषध बिक्रीवितरणमा प्रयोग हुने डिजिटल तराजु र मोबाईल बरामद भएको प्रहरीले जनाएको छ । चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।