झापा,फागुन ०८ । झापाली समाज इजरायलकाे चौथो अधिवेशनबाट निर्बिरोध माला योन्जन तामाङ पदमा सर्व-सहमत चयन हुनुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा १० वर्षअगाडि इजरायल पुगेकी योन्जन इजरायलको नेपाली सामाजिक गतिविधिमा सक्रिय महिना हुन् ।

झापाको दमकमा स्थायी बसोबास भएकी योन्जनले इजरायलमा रहेका झापाली मात्रै नभएर समग्र नेपालीहरुको सुखदुःखमा झापाली समाज इजरायलले सहकार्य गर्ने वाचा गरेकी छन् । उहाँले आउने दिनहरूमा सबैसंग सहकार्य गर्दै, संस्थालाइ अझै क्रियाशिल रूपमा सामाजीक दायित्वहरू बाेध गर्दै, अगाडि बढाउँदै लाने प्रतिबद्धता जनाँउनु भएकाे छ ।

कोभिड -19 का कारण झापाली समाज इजरायलकाे चाैथाै अधिवेशन प्रत्यक्ष हुन नसके पनि जुम भर्चुअल मार्फत भए पनि भव्य रूपमा सम्पन्न भएकाे छ । १७ फ्रेव्रुअरी २०२१ बुधवारका दिन भएकाे उक्त कार्यक्रमको सभापतित्व संस्थाका निवर्तमान अध्यक्ष सन्दिप भन्डारी ज्यूले गर्नु भएकाे थियाे।भने उक्त कार्यक्रमकाे प्रमुख अतिथि इजरायल स्थित नेपाली राजदुतवासका महामहिम राजदुत डा. अन्जान शाक्य ज्यूले गर्नु भएकाे थियाे।

विशिष्ट अतिथिमा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष श्री छत्र सुब्बा ज्यु हुनुहुन्थयाे भने इजरयलमा रहेका विभिन्न संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्युहरुको भव्य उपस्थिती रहेको थियो ।सस्थाकी निबर्तमान सचिव मुना अधिकारी ज्युले स्वागत गीत मार्फत उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । संस्थाको आर्थिक गतिविधि लगायत विगतकाे कार्यकालमा झापा मात्र नभएर नेपालका बिभिन्न ठाँउमा गरिएकाे सामाजिक तथा पराेपकारी कार्यहरूकाे बारेमा सस्थाकी निबर्तमान कोषाध्यक्ष निर्मला दाहाल पौडेल ज्युले बिस्तृत जानकारी गराउनु भएको थियो ।

“समग्र झापाकाे विकासकाे लागि हामी झापाली” भन्ने मुल नाराका साथ स्थापना भएकाे यस संस्थाले झापामा मात्र नभएर नेपालकाे अन्य विभिन्न ठाउँहरूमा दुखि गरिब असाहाय, बिरामी पिडित मानिसहरूलाइ सहयाेग गर्दै आइरहेकाे कुराको बयान गर्दै उपस्थित सबैले प्रशंसा गरेका थिए। इजरायलका विभिन्न राजनैतिक, सामाजिक, धार्मिक,जातीय संघ सस्था,कला तथा साहित्यतिक मिडिया, नेपाली संघ संस्थाहरूकाे पदाधिकारीहरूकाे बाक्लाे उपस्थितिले कार्यक्रम निकै भब्य बनेको थियो ।

प्रमुख अतिथि इजरायल स्थित नेपाली राजदुतवासका महामहिम राजदुत डा. अन्जान शाक्य ज्यूले पुरानाे कार्यसमितिलाइ धन्यवाद दिदै, नवनिर्वाचित २०२१–२०२३ कार्यसमिति लाइ बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनुभएकाे थियाे, मन्तव्यकाे क्रममा यस संस्थाले नेपाल र नेपाली प्रति गरेकाे सहयाेगकाे उच्च मूल्याङन गर्दै गरेको अबगत गराउनु भएको थियो र नेपाली राजदुतवास आउने दिनहरूमा यस संस्था संग नजिकमा रहि सहकार्य गर्दै, हर किसिमकाे सहयाेग गर्न तत्पर रहेकाे प्रतिबद्धता जनाँउनु भएकाे थियाे ।

अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य समाज इजरायलस्थित झापाली समाजले बिगतका दिनहरुमा एक दरिलो समाजका रूपमा धेरै सामाजिक गतिविधि गरेको स्मरण गर्दै विशेष अतिथी अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष क्षत्र सुब्बाले झापाली समाज इजरायलले भोलिका दिनहरुमा पनि अझै यस्तै कामहरु गर्दै जाओस भनेर शुभकामना सहित अन्तर्राष्ट्रिय झापाली समाजको पनि उत्तिकै साथ रहने कुरा बताएका थिए । शुभकामना मन्तव्यको क्रममा गैर आवासीय नेपाली संघ समन्यव परिषद इजरायलका अध्यक्ष गणेश गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज इजरायलका निवर्तमान प्रमुख सल्लाहकार दीपकप्रसाद ओली लगायत अधिवेशन सफलताको लागि उपस्थित सबै संघरसस्थाका प्रतिनिधिहरुले खुलेर झापाली समाज इजरायलको प्रसंसा गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

उक्त अधिवेशनको संयोजन समाजकी निबर्तमान वरिष्ठ उपाध्यक्ष माला योन्जनले गरेकी थिइन् भने निवर्तमान उपाध्यक्ष साबित्रा लुइँटेल घिमिरेले संचालन गरेकी थिइन् ।

अधिवेशनको सफलताको लागि योगदान गर्ने सबैलाई निवर्तमान अध्यक्ष तथा अधिवेशनका सभापति सन्दिप भण्डारीले धन्यवाद प्रकट गर्दै झापाली समाज इजरायलको निमन्त्रणालाई स्वीकार गरी आफ्नो अमुल्य समय लिएर कार्यक्रमको शोभा बढाई दिएकोमा नेपाली दूतावास इजरायल, इजरायलस्थित सामाजिक संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।