मोरङ,फागुन ०९ । मोरङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

मोरङको उर्लाबारी सडक खण्डमा शनिबार साँझ दुई सवारी दुर्घटना भएका हुन् । 

दुर्घटनामा स्कुटर चालक २३ वर्षका प्रदीप धामी र २२ वर्षका सुदीप भुजेलको मृत्यु भएको हो । उनीहरु सवार स्कुटरलाई पानी बोक्ने गाडीले ठक्कर दिएको थियो । उनीहरुलाई अस्पताल पुर्याएलगत्तै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।