कुमरखोद, फागुन १० । दिपज्योति युवा क्लब मदारगाछीको आयोजनामा यहि फाल्गुन ११ गते देखि १८ गतेसम्म अध्यक्ष कप फुटबल संचालन हुने भएको छ । झापा गाउँपालिका वडा नं. ७ जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो २ बजे देखि खेल शुरु हुने क्लबका अध्यक्ष डिल्लीराम चुडालले जानकारी दिएका छन् ।

अध्यक्ष चुडालले फुटबल खेल संचालन गर्नको लागि झापा गाउँपालिकाले आर्थिक सहयोग ३ लाख ५० हजार रकम दिने जानकारी दिएका छन् । उक्त फुटबल खेलमा जम्मा ८ वटा टिमले भाग लिनेछन् । त्यसमध्ये १ नं प्रदेशका ७ वटा टिम र एक टिम आयोजक आफ्नै रहनेछ ।

फुटबल खेलको विजेता टिमलाई १ लाख १ हजार १११ र उपविजेता टिमलाई ५१ हजार १११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए । फुटबल खेलमा वेस्ट डिफेन्स, वेस्ट किपर, वेस्ट प्लेयर, उदयीमान खेलाडी र हाई स्कोरले समेत नगद सहित मेडल पाउने भएका छन् ।

उक्त फुटबल खेलमा घरेलु टिम आयोजक, श्रीनाथ गण चाराआली, जलथल एफसी, दमक एकाडेमी, रेडस्टार विर्तामोड, सशस्त्र प्रहरी वल सुनसरी, झापा एफसी राजगढ र ब्रदर्स युनाईटेड चन्द्रगढी गरी जम्मा ८ टिमको सहभागिता रहने क्लबका सचिव बासुदेव दाहालले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।