जेन लामा, रौतहट
——
लड्दै उठ्दै / लड्दै उठ्दै,
हिंड्न सिकेका मानिसहरू !

अनगिन्ती कमजोरीबाट,
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू !

अनुभवका पाठशालामा,
पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू !

अनेक लडाईंमा रगतपच्छे भएर पनि,
बाँच्न सिकेका मानिसहरू !

दुष्चक्र विरूद्धको लडाईंमा पनि,
जित्छन् र जितिछाड्छन् मानिसहरू !

कमजोरीमा किचिएर होइन,
कमजोरीलाई पराजित गर्दै,
गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू,
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!

तपाइको प्रतिक्रिया दिनुहोस्।